अवैध रुपमा नेपाल भित्र्याइएको औषधिसहित ४ जना झापामा पक्राउ


 


झापा : झापा प्रहरीले भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको ठूलो परिणामको औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार राती कचनकवल गाउँपालिका–१ कुटीबाट १४ कार्टुन यौनवद्र्धक औषधिसहित चारजनालाई पक्राउ गरेको हो ।

बरामद भएको औषधि २२ लाख मुल्य बराबरको रहेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका ४ का इन्तियाज आलम, ताहिर हुसेन, सादम हुसेन र काठमाडौँ बौद्धका झिनचोक शेर्पा रहेका छन् ।

मे १ ज ४०६३ नम्बरको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा बरामद भएको हो । प्रहरीले मे ६ प १०१६ नम्बरको मोटरसाइकल र अर्काे एक थान भारतीय नम्बरप्लेट भएको वीआर ३७ ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्