११ वर्षकी छोरीलाई रुघा लागेपछि अस्पताल लगे, डाक्टरलाई शंका लागेर अर्कै जाँच गर्दा…


 


चण्डीगढ चण्डीगढमा निकै आश्चर्यलाग्दो घटना सार्वजनिक भएको छ । यहाँ ११ वर्षकी एक बालिका रुघाले ग्रस्त थिइन् । यही मंगलबार उनका अभिभावकले उनलाई अस्पताल लिएर गएका थिए । डाक्टरले बालिकाको उपचार सुरु गरे र उनीसँग कुरा गरे । यस क्रममा बालिकाको हाउभाउ देख्दा डाक्टरलाई शंका लाग्यो ।

डाक्टरलाई बालिका गर्भवती भएको शंका लागेपछि जाँच गर्दा बालिका गर्भवती भएको पुष्टि भयो । डाक्टरले यो कुरा मातापितालाई बताएपछि उनीहरु अस्पतालमै डाँको छोडेर रुन थाले । बालिकालाई बालकल्याण संस्थाकी काउन्सिलरले सोधपुछ गर्दा छिमेककँ २२ वर्षका उक युवकले बलात्कार गरेको पत्ता लाग्यो ।

ती युवकले करिब डेढ महिनादेखि बालिकालाई बलात्कार गरिरहेका थिए । करिब डेढ महिना पहिले बालिकाको घरमा कोही नभएको बेलामा ती युवकले घरमै गएर पहिलो पटक बलात्कार गरेका थिए ।

त्यसपछि उनले बालिकालाई कसैलाई बताएमा मारिदिने धम्की दिए । उनको धम्कीले बालिका डराइन् त्यसपछि ती युवकले बेलाबेलामा मौका पाउँदा घर आउँदै बलात्कार गर्न थाले । पुलिसले ती युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकले घरघरमा गएर हातमा मेहन्दी लगाइदिने काम गर्ने बताइएको छ ।

पुलिसले ती युवकले अन्य बालिकालाई समेत बलात्कार गरेको हुन सक्ने आशंकामा सोधपुछ गरिरहेको छ । बालिका अहिले अस्पतालमै छिन् । बालिकाको बलकल्याण संस्थाले काउन्सिलिङ गरिरहेको छ । बालिकाकी आमा पनि निकै आत्तिएकी छिन् । उनको पनि काउन्सिलिङ भइरहेको छ । पुलिसले प्रमाण जुटाएर आरोपी युवकलाई अदालत पेश गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्