ज्ञानेन्द्र शाह आज दमकबाट इलाम र पाँचथर भ्रमण गर्दै


 


दमक चैत १७

पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाको दमकबाट इलाम जाँदै छन् । पूर्वी नेपालको भ्रमणमा रहेका पूर्वराजा शाह केही समययता दमकमा आराम गरेर बस्दै आएका छन् ।

शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ ।

भ्रमणका क्रममा शाह इलामबाट चैत १८ पाँचथरको फिथिम जानेछन् । त्यसैगरी, १९ गते बिहानीपख फिदिम गढीमाइको दर्शन गर्ने र त्यहाँबाट इलाम फर्किएर २० गते इलाम नै बस्ने त्यसपछि २१ गते बिहान इलामको माइ मन्दिरको दर्शन गरेर दमक फर्किने कार्यक्रम तय भएको छ ।

उनले मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ ।

यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए । वर्तनमा राजनीतिक व्यवस्था र दलहरुको गतिविधिप्रति असन्तुष्टि पोख्दै आएको ज्ञानेन्द्रले पछिल्लो समय आफ्नो गतिविधिलाई तीब्र पार्दै आएको छन्।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्