जेसिबीको मेसिनमा च्यापिँदा सहचालकको ज्यान गयो


 


झापा । झापाको भद्रपुर नगरपालिका–१ मा बाटो खन्न प्रयोग गरिएको जेसिबीको अगाडिको मेसिनले च्यापिँदा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धाइजनका २१ वर्षीय विक्रम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार भद्रपुर–१ भैसावाडीमा बा १ क ५३७६ नम्बरको जेसिबी बाटो खन्न प्रयोग गरिएको थियो। शनिबार साँझ चालकले जेसिबी प्रयोग गरी तेलको ड्रम उठाउने क्रममा सोही जेसिबीका सहचालक राजवंशीको टाउको मेसिनको अगाडि भागले थिचिँदा घटनास्थलमै मृत्यु भएको थियो। जेसिबी चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्