ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ठुलो धक्का, गौरादह खानेपानीमा काँग्रेसका उम्मेद्वार विजयी


 


झापा । झापाको गौरादहमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रीक प्यानलका बाबुराम भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

नेकपा नेतृत्वको प्यानलका दुर्गा गौतमलाई २७ मतले पराजित गर्दै कांग्रेसका भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो । गए राति सम्पन्न मत गणना अनुसार ८ सय १९ मत ल्याउँदै समितिमा दोस्रो कार्यकालका लागि भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो । नेकपाका गौतमले ७ सय ९२ मत मात्रै प्राप्त गर्नु भयो ।

त्यसैगरी सचिवमा नेकपाका डण्डीराज घिमिरेले ९ सय ५६ मत प्राप्त भयी बिजयी बन्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दि लोकतान्त्रीक समुहका देवेन्द्र कुमार खड्काले ६ सय १९ मत प्राप्त गर्नु भयो ।

त्यसैगरी सदस्य हरुमा अमर अधिकारी, नगेन्द्र कार्की नरेश, नारायण प्रसाद घिमिरे र भुपालराज कटुवाल निर्वाचित हुनु भएको छ भने महिला सदस्यमा धनमायाँ अधिकारी, शान्ता पराजुली र सिता कुमारी बुढाथोकी निर्वाचित हुनु भएको छ ।
त्यसैगरी लेखा सम्योजकमा पुण्य सिक्देल र सदस्यहरुमा दिपक उप्रेती र नारायण काफ्ले निर्वाचित हुनु भएको निर्वाचन समिति सदस्य बद्रि कार्कीले जानकारी दिनुभयो ।

यस अघि २ हजार १ सय ९५ उपभोक्ता रहेको समितिको नयाँ नेतृत्व चयनका लागि हिँजो बिहान ८ बजे देखी अपरान्ह ३ बजे सम्म भएको मतदानमा १ हजार ७ सय १५ मत खसेको थियो । गौरादह प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्