प्रधानमन्त्री ओली उर्लाबारी आउने भएपछि रातारात सडक कालोपत्र


 


उर्लाबारी । मोरङको उर्लावारीस्थित मंगलवारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभा तथा बालउद्यानको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भएपछि रातारात सडक कालो पत्र गरिएको छ ।

एक वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा पनि कालोपत्र नभएको सो सडक खण्डमा प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लागाएको २४ घण्टा नवित्दै कालो पत्र गर्न थालिएको छ ।

पूर्वपश्चिम राजमार्गदेखी दक्षिण लगभग ३०० मिटर लामो सो सडक खण्डमा उर्लावारी नगरपालिकाको ११ लाख ,प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्त समिति मार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद आर्याल वताउँछन् ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्