पतिलाई तर्साउन खोज्दा पत्नीको गयो ज्यान


 


इङल्याण्डमा एक महिलाले आफ्ना धोकेबाज पतिलाई तर्साउनको लागि आफैंमाथि पेट्रोल खन्याइन् । उनले केवल तर्साउनको लागि यस्तो गरेकी थिइन् तर एक्कासी उनको शरीरमा आगो लाग्यो । पतिले छिमेकीको सहयोगमा उनलाई अस्पताल लिएर गए । उपचारको क्रममा ४ दिनपछि शरीरका अंगहरु फेल भएका कारण उनको मृत्यु भयो ।

घटना टिसाइड शहरमा भएको डेलीमेलको समाचारमा उल्लेख छ । ३५ वर्षकी अमरिनको आफ्ना पतिसँग झगडा भएपछि उनले गार्डेनका बच्चाको स्कुटरको लागि राखिएको पेट्रोल आफ्नो शरीरमा खन्याएकी थिइन् । उनका पति मुबिनका अनुसार उनले आफैंलाई आगो लगाउँछिन् जस्तो उनको कुराले लागेको थिएन । केवल पतिलाई तर्साउनको लागि मात्र उनले यस्तो गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि आगो कसरी लाग्यो भन्ने प्रस्ट भएको छैन ।

घटनाको अनुसन्धान गरिरहेकी अफिसर जो ह्वार्टनका अनुसार ६ महिना पहिले अमरिनका पति मुबीनको अर्कै महिलासँग सम्बन्ध भएको खुलेपछि विवाद सुरु भएको थियो । उनले पुलिस रिपोर्टमा अमरिनको मृत्यु दुर्घटा भएको र यसको लागि उनी स्वयं जिम्मेवार भएको लेखेकी छिन् । एजेन्सी

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्