विभिन्न परियोजनामा सम्झौता गरेर तेस्रो लगानी सम्मेलन आज सकिँदै


 


काठमाडौं : विभिन्न परियोजनामा सम्झौता र समझदारी गरेर तेस्रो लगानी सम्मेलन आज सकिदैछ । काठमाडौंको होटल सोल्टीमा जारी सम्मेलनको दोस्रो दिन लगानीकर्ताहरुका अनुभव समेटिएका विभिन्न सत्रमा छलफल पछि सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नेपालमा लगानीको सम्भावना रहेका कृषि, बन, पूर्वाधार विकासका सत्रहरुमा पनि समूहगत छलफल पनि हुनेछ । सम्मेलनका क्रममा १२ वटा विभिन्न परियोजनामा लगानी सम्बन्धी सम्झौता र समझदारी हुने लगानी बोर्डले जानकारी दिएको छ । गैर आवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गर्ने सम्झौता पनि हुन लागेको छ ।

सम्मेलनका क्रममा जलविद्युत, कृषि, उद्योग, पर्यटन यातायात लगायतका सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ आयोजनामा लगानी आह्वान गरिएको छ । शुक्रबारदेखि शुरु भएको सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी विदेशी लगानीकर्ता सहभागी छन् ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्