बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी


 


काठमाडौं – राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

कोष शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उहाँलाई विश्वकै ज्येष्ठ नागरिकका रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा १९५९ साल चैत्र १० गते जन्मनुभएकी लामिछाने अहिले नुवाकोटस्थित ककनी गाउँपालिकाको थानसिंहमा नातिनीसँगै बस्दै आउनुभएको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जनाकारी दिनुभयो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्