सरिता लामिछानेविरुद्ध उजुरी, कारवाही गर्न माग


 


काठमाडौँ । कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार संघका साधारण सदस्य सुरज आरडीले आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी सरिताविरुद्ध उजुरी दिएका हुन् ।

आरडीले कलाकार विधानमा ५ वटा फिल्म् अभिनय गरेपछि मात्रै सदस्यता प्राप्त गर्ने प्रावधान रहेको उल्लेख गर्दै कलाकार लामिछानेले २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् ।

‘नेपाल कलाकार संघको विधान २०५६ को परिच्छेद ३ को ३ उपदफा २ (ख) बमोजिम साधारण सदस्य बन्नका लागि कम्तीमा ५ वटा फिल्म् खेलेको हुनुपर्छ भन्ने प्रष्ट छ’, उजुरी पत्रमा भनिएको छ, ‘तर हाल संघको महासचिव जस्तो गरिमामय पदमा २ वटामात्र फिल्म् खेलेकी सरिता लामिछानेले उम्मेद्वारी दिएकी छिन् । विधिनविपरित उनको सदस्यताको हैसियत के–कस्तो हो रु छानविन गरी कारवाही गरिपाउँ ।’

कलाकार लामिछाने विक्रम सम्बत २०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन्। चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय यात्रा सुरू गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्