लगातार ८४ दिनसम्म हाजिर नगरेपछि डा. केसीमाथि यस्तो कारबाही
काठमाडौं चैत १५
लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन वस्दै आउँनु भएका डाक्टर गोविन्द केसीमाथि ठुलो विपत्त आइलागेको छ ।
शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. केसीको तलव रोक्का भएको छ ।
उहाँले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको जनाएको छ ।
स्रोतका अनुसार शिक्षण अस्पतालले केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ ।
तर, डा।केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन नसकेको जनाइएको छ ।
पछिल्लो पटक अनशन बस्नु भएका केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा माग्नु भएको थियो ।
तर, केसीले लिखित रुपमा विदा लिएको अस्पताल प्रसाशणलाई जानकारी छैन ।
कानूनअनुसार केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ ।
तर, अनशन बस्ने बेला विदा स्वीकृत गराउँनु भएको छैन ।
विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि उहाँको हाजिरीका आधारमा तलव रोक्का भएको हो ।
केसी लामो समयदेखि हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आउँनु भएको छ ।
तर, शिक्षण अस्पताल महाराजगञ्जले उहाँसँग ८४ दिनसम्म किन हाजिरी नगरेको भनेर स्पष्टीकरण सोधेको छ ।
केसीले ८४ दिनको हाजिरी नगरे वाफतको तलव भत्ता नलिने घोषणा गर्न सक्नु भएको छैन ।
कानूनी रुपमा उहाँले तलव भत्ता नलिने घोषणा गनेवित्तिकै उहाँ बर्खास्तीमा पर्न सक्ने बुझिएको छ ।
उहाँलाई कारबाही गरेर हटाउने सम्मको निर्णय हुन सक्छ । कारबाहीमा पर्ने भएपछि केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेको अस्पताल प्रसाशणको दावी छ ।
प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार