टिकट नपाएपछि भाजपाका सांसद शत्रुघन कांग्रेस प्रवेश


 


काठमाडौं चैत १५
फिल्मी करिअरबाट हासिल भएको लोकप्रियता भजाउँदै राजनीतिमा प्रवेश गरेका वलिउडका अभिनेता शत्रुघन सिन्हा भारतीय जनता पार्टी छोडेर भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गर्ने भएका छन् । भाजपाबाट सांसद समेत रहेका सिन्हाले यसपटकको निर्वाचनमा सांसदको टिकट नमिलेपछि पार्टी परित्याग गर्ने निर्णय लिएका हुन् ।

भाजपाका नेता रहे पनि उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक रहँदै आएका थिए । पार्टी छोड्ने उपक्रासँगै हिजो विहिीबार सिन्हाले कांग्रेस अध्यक्ष राहुल गान्धीसँग भेट गरेका थिए ।

भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारीस्वरुप सिन्हा र राहुलबीच भेटवार्ता भएको एएनआईले जनाएको छ । बताइएअनुसार आउँदो अप्रिल ६ तारिखका दिन सिन्ह कांग्रेसमा प्रवेश गर्ने तय भएको छ ।

पटनाको सहिब निर्वाचन क्षेत्रबाट सिन्हाले टिकटको आकांक्षा राखेको तर मोदीले अस्वीकार गरेपछि सिन्हा रुष्ट हुन पुगेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भाजपामा लोकतन्त्र नभई तानाशाही प्रभाव भएकोले आफूले सो पार्टी छोडी कांग्रेस प्रवेश गर्ने निर्णय गरेको प्रतिक्रिया सिन्हाले दिएका छन् । आफू पहिलेदेखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि कांग्रेस पार्टी प्रवेश गर्न मन लागेको तर्क उनले दिएका छन् ।

आफूले पहिले चुनाव लडेकै क्षेत्रबाट कांग्रेसको टिकट लिएर निर्वाचन लड्ने सिन्हाको भनाई छ । कांग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको ‘स्टार लिडर र स्टार क्याम्पेनर’का रुपमा सिन्हाले काम गर्ने बताएका छन् ।

सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्