मकवानपुर हेटौंडाकी किशोरीमाथि बलात्कार यस्ता पनि बाबु,सात वर्षदेखि छोरीलाई करणी !


 


मकवानपुर आफ्नी आमाले उनलाई छाडेर हिडिन् । आमाको साथ नभएपछि बाबुले सानीआमा ल्याए । यतिसम्म ठिकै हो । तर उनको जीवनको कथा पीडादायी छ । आफ्नै बाबुबाट उनी पटक पटक बलात्कृत भइन् । दुई पटक त बाबुले गर्भ समेत बोकाए । आफूलाई जबरजस्ती करणी गर्ने बाबुविरुद्द् किशोरीले मुद्दा हालेकी छिन् ।

मकवानपुरको हेटौंडाकी १७ वर्षिया किशोरी विगत सात वर्षदेखि बाबुबाट बलात्कृत हुदै आइरहेकी थिइन् । हेटौंडा ७ का ४८ वर्षीय बाबुलाई सोमबार मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रकृया अगाडी बढाएको छ ।

बालिका बाबुबाट पीडित कुरा मकवानपुर प्रहरीको महिला सेलले उनलाई सोधपुछका क्रममा पत्ता लगाएको हो । बाबुबाट बलात्कृत भई घरमा बस्न मन नलागेपछि कोहलपुरस्थित फुपु दिदिको घरमा जानका लागि हिडेकी उनलाई बस चढिरहेका बेला महिला सेलका प्रहरीले सोधपुछका लागि रोकेका थिए ।

यहि चैत १ गते घरबाट विद्यालय जान्छु भनेर हिडेपनि उनी आफ्ना पोशाक तथा किताब बसपार्कमा छाडेर हिड्दै थिइन् । प्रहरीलाई उनले बाबुसंग करणी गर्नका लागि आफ्नी सानीआमाले दबाब दिने गरेको समेत बताएकी छिन् । कति पटक सानीआमाले बाबुसंग सुत्न बाध्य पारेको महिला सेलका प्रहरीलाई सोधपुछका क्रममा उनले फेहरिस्त प्रस्तुत गरिन् । दुई पटक बाबुको गर्भ बोकेपछि सानीआमाले गर्भ खेर जाने औषधी खुवाएर गर्भ फालेको उनले बताइन् ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्