काँग्रेसका युवा नेता गगन थापामाथि बम हमला – पक्राउ परे आक्रमणकारी


 


काठमाडौं १५ चैत– १८

मंसिर २०७४ मा काँग्रेस युवा नेता गगनकुमार थापालाई लक्षित गरी काठमाण्डुको बुढानीलकण्ठ नजिकै चपलीहाइट माटो कोलनीमा बम विस्फोट भयो ।
चुनावी घरदैलोका क्रममा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर–४ का काँग्रेस उम्मेदवार थापासहित उनको चुनाव प्रचारमा खटिएका ११ कार्यकर्ता घाइते भए । थापाले केही इन्चले आफू घटनामा मात्र बाँच्न सफल भएको प्रतिक्रिया दिए । उक्त प्रकरणलाई लिएर उल्टै थापामाथि आरोपसमेत लाग्यो कि ‘मतदाताको सहानुभूति पाउन आफैंले नियोजित रुपमा बम विस्फोटको फण्डा गराएको’ भनेर । थापाका चुनावी प्रतिस्पर्धीले त्यसलाई मसला बनाउने कोसिस पनि नगरेका होइनन् । निर्वाचनमा थापा दोश्रोपटक सोही क्षेत्रबाट निर्वाचित भए । त्यतिबेला धेरैले थापाले बठ्याईंपूर्वक घटना गराएको हुनसक्ने आशंका गरेका थिए । थापाले भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आफूमाथि बम हमला गरेको बताएका थिए । तर, घटनाको एक वर्ष चार महिनापछि घटनापछि उक्त घटनामा विप्लव समूहकै संलग्नता रहेको पुष्टि भएको छ । गगनको दाबी सही र विपक्षीको दाबी गलत ठहरियो ।

कसरी बाहिरियो सत्यतथ्य ?

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई प्रहरीले देशभरबाट पक्राउ गरिरहेको छ । गत शनिाबार राति काभ्रेबाट पक्राउ परे विप्लव समूहका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली । सो समूहका तेश्रो वरियताका नेता ओलीसहित ८ जनालाई काठमाण्डुबाट गएको प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–७ बाट पक्राउ गरेको थियो । हेमन्तप्रकाशलाई प्रहरीले झण्डै एक साता अघोषित घेराभित्र राखेर हायलकायल पारेपछि पक्रेको थियो ।

त्यसअघि ओलीलाई काभ्रेकै साविक शिखर अम्बोटे गाविस–८ र हालको रोशी गाउँपालिका–२ काफलडाँडाबाटै पक्राउ गर्न खोजेको थियो । उनलाई पक्रन गएको प्रहरी टोलीमाथि सेल्टरबाहिर ओलीको सुरक्षामा खटिएका विप्लव कार्यकर्ताले गोली चलाए । प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भयो । गोलीको आवाज सुनेपछि ओली त्यहाँबाट भाग्न सफल भए । तर, प्रहरीले आफूमाथि आक्रमणमा संलग्न चार जनालाई पक्राउ ग-यो । जसमा थिए विशाल भनिने राजिव तामाङ । तामाङ नै हुन् गगनमाथि बम हमला गर्ने । पक्राउ परेपछि प्रहरीले उनीबाट साविती बयान पनि लिएको छ । उनले प्रतिनिधिसभा निर्वाचनमा गगन र काँग्रेस नेता डा. रामशरण महतामाथि ककनीमा बम विस्फोट गराएको स्वीकार गरेका छन् । ३३ वर्षीय तामाङले नै ललितपुरको नख्खुस्थित एनसेल टावर र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धारास्थित घरमा बम विस्फोट गराएका थिए । विप्लव समूहमा तामाङलाई बम बनाउन र पड्काउन खप्पिस मानिन्छन् ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्