मोदीले हावादारी कुरा बोल्दा अमेरिका र नासाले दिए यस्तो चेतावनी


 


एजेन्सी । भारतको एन्टी–स्याटेलाइट मिसाइल परीक्षणपछि अमेरिकाको कार्यवाहक रक्षा–मन्त्री प्याट्रिक शानाशाहले अन्तरीक्षमा फोहोर बढ्ने कुराको चेनावनी दिएका छन् ।

प्याट्रिकले यो खालको परीक्षणबाट अन्तरीक्षमा फोहोर बढ्ने बताएका छन् । बुधवार परीक्षणको क्रममा भारतले आफ्नै एक भू–उपग्रहलाई झारेको थियो ।

पछिल्लो परिक्षणले पारेको असरबारे अमेरिकाले अध्ययन गरिरहेको प्याट्रिकले बताए । जवाफमा भारतले आफूले अन्तरीक्षमा कुनै फोहोर नगरेको बताएको छ ।

बुधबारको सफल परीक्षणसँगै अमेरिका, रुस र चीनपछि भारत भूउपग्रह झार्न सक्ने चौथो देश बनेको छ ।

चीनले सन् २००७ मा एन्टी–स्याटेलाइट मिसाइलको परीक्षण गरेको थियो । सो समय चीनको परीक्षणलाई अन्तराष्ट्रिय स्तरमा कडा आलोचना गरिएको थियो ।

भारतको परीक्षणपछि प्याट्रिकले संवादाताहरुसँग भने, ‘अन्तरिक्ष हामीहरु सबैको साझा हो भन्ने हाम्रो विश्वास छ । यसैले यसमा फोहोर फैलाउनु हुन्न । अन्तरीक्ष सबै मानिसहरुलाई स्वतन्त्रतता रुपमा काम गर्न सक्ने स्थान हुुनुपर्छ ।’

यो खालको परीक्षणबाट अन्तरीक्षमा फोहोर बढ्छ । यी फोहोरले नागरिक र सैन्य भू–उपग्रहहरुलाई नोक्सान पुग्न सक्छ ।

तथापी भारतले यही खतरा बुझेर ‘मिशन शक्ति’ कम उचाईमा परिक्षण गरेको बताएको छ । तल्लो तहमा परीक्षण गर्दा फोहोर अन्तरीक्ष नगएर पृथ्वीतर्फ झर्ने बताएका छन् ।

केही विशेषज्ञहरुले भारतको यस दावीमा प्रति प्रश्न गरेका छन् । उनीहरुले अन्तरीक्षका फोहोरलाई नियन्त्रण गर्न नसकिने बताएका छन् ।

समाचार एजेन्सी रोयर्टसले अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताको हवाला दिदैं लेखेको छ, ‘अमेरिकी सेना भारतको यो परिक्षणबाट उत्पन्न भएको २५० टुक्राहरुमा निगरानी गरिरहेको छ ।’
अमेरिका आफैले भने यस्तो परिक्षण सन् १९५९ मै गरेको थियो ।

नासाले पनि दियो चेतावनी

सन् २००७ मा चीनले यो परिक्षण गर्दा ८६५ किमीको उचाईमा रहेको एक पुरानो मौसम उपग्रहलाई मार हानेको थियो ।

चीनको उक्त परीक्षणबाट अन्तरीक्षमा ठूलो मात्रामा फोहोर उत्पन्न भएको थियो । नासाले भारतको परीक्षणबाट पनि फोहोर बढ्ने चेतावनी दिएको छ ।

यस घटनामा अमेरिकी अन्तरीक्ष एजेन्सी प्रमुख जिम ब्रडेन्स्टाइनले बुधबार अमेरिकी संसदमा बोल्दै भने, ‘केही तत्वहरुले जानीबुझी एन्टी–स्याटेलाइट परीक्षण गर्छन् र अन्तरीक्षमा फोहार फैलाउँछन् । हामी यो समस्याबाट पहिलेदेखि जुधिरहेका छौं ।’

हात हतियारमाथि नियन्त्रणको वकालत गर्ने संस्थाहरुले अन्तरीक्षमा बढ्दै सैन्यीकरणमा चिन्ता जाहेर गरेको छ ।

तथापी भारतको विदेश मन्त्रालयले परीक्षणलाई शान्तिपूर्ण बनाएको छ । उसले यस परिक्षणबाट ‘अन्तरीक्षमा हतियारको दौडमा सामेल हुने आफूहरुको कुनै लक्ष्य नभएको’ बताएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारत अन्तरीक्षको क्षेत्रमा संसारको चौथो महाशक्ति बनेको घोषणा गरेका थिए ।बीबीसीबाट

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्