विप्लवलाई समर्थन गरेको भन्दै प्रधानमन्त्री ओली कांग्रेससँग रुष्ट


 


काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई समर्थन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को आलोचना गर्नुभएको छ ।

नेकपा प्रदेश नम्बर तीनको बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधिक गतिविधि गरेका कारण चन्द नेतृत्वको समूहलाई प्रतिवन्ध लगाइएको दोहो¥याउँदै कांग्रेसले उसलाई समर्थन गरेर बैचारिकरुपमा आफू कमजोर हुँदै गएको प्रमाणित गरेको टिप्पणी गर्नुभयो । समाजमा हुने कुनै पनि अपराधिक गतिविधि नियन्त्रण गर्ने दायित्व सरकारले पूरा गरेरै छाड्ने पनि उहाँका भनाइ थियो ।

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक बहसको विषय नबनाउन नेता/कार्यकर्तालाई निर्देशन दिनुभएका ओलीले नेकपाको सांगठनिक एकीकरण केही दिनमै टुंगिने दावी गर्नुभयो । केही देशी–विदेशी तत्वले पार्टीलाई एकतावद्ध हुन नदिने कोसिस गरिरहेको उल्लेख गर्दै उहाँले सचेत हुनुपर्ने पनि औंल्याउनु भयो ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्