योगेश भट्टराईले भने : विप्लपसँग छलफल भईरहेको छ


 


ताप्लेजुङ, चैत १४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लागेपनि समस्या समाधानका लागि छलफल र संवाद भइरहेको बताउनुभएको छ ।

आज जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा भएको सर्वपक्षीय बैठकमा उहाँले समस्या समाधानका विषयमा विभिन्न सूत्रका माध्यमबाट छलफल र संवाद भइरहेको बताउनुभयो ।

प्रतिबन्धअघि पनि चन्द समूहसित पटक–पटक वार्ता भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई ध्यान दिँदै उसका गतिविधिमाथि प्रतिबन्ध लगाउनुपरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्