वार्ड अध्यक्षको ट्याक्टर प्रहरीको नियन्त्रणमा


 


उदयपुर । राष्ट्रपति चुरे तराई मधेस संरक्षित क्षेत्रबाट नदीजन्य बस्तु ढुङ्गा चोरी निकासी गरिरहेको अवस्थामा वार्ड अध्यक्षको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

चौदण्डी गढीनगरपालिका–९ मा पर्ने भरौली (भिमा) खोलाबाट चोरी निकासी गर्दागर्दै सोही वडाध्यक्ष प्रकाश राउत र बासु खड्काको स १ त १५१० र स १ त १९३० नम्बरको दुई वटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय बेलटारको गस्ती टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयको बेलटारले जनाएको छ ।

प्रारम्भिक वातावरण परिक्षण समेत नभएको राष्ट्रपति चुरे तराइ मधेस संरक्षण क्षेत्रबाट नदीजन्य बस्तु उत्खनन् चोरी निकासी गर्न नपाइने गैरकानुनी कदम भएको चौदण्डी उपप्रमुख रीता चौधरीले बताउनुभयो । वडाध्यक्ष राउतले भने आफूले वडाकार्यालय निर्माणका लागि ढुङ्गा ल्याएको बताउनुभएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्