विप्लवले भने : सञ्चारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरे


 


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ केही कर्पोरेट हाउसबाट सञ्चलित सञ्चारमाध्यमहरुले आफ्नो पार्टीकाविरुद्ध असत्य, अस्वाभाविक र भ्रामक समचार योजनावद्ध तरिकाले सम्प्रेषण गरेको बताएका छन् ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रका लागि घातक हुने भन्दै आफ्नो पार्टीका बारेमा विना तथ्य, अनावाश्यक, असत्य र भ्रामक समचार सिर्जना गरी सम्प्रेषण नगर्न अपिल गरेका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्