नियमित यौनसम्पर्कले स्वास्थ्यका लागि यस्तो काम गर्छ
स्वस्थ्य रुपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडिका लागि खुशीको खवर हुन सक्छ हालैको एक अनुसन्धानको नतिजा इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि भएको पाइएको छ । सोही अनुसन्धानले यौनसम्पर्कमा साथ दिने पार्टनर अर्थात महिला महिलाको शरीरलाई पनि लाभ हुने बताएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार नियमीत यौन सम्पर्क गर्ने पुरुषको टेस्टोस्टेरोनको मात्रा बढछ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मुटुसम्वन्धी रोग लाग्नमा समेत कम गर्छ । प्राय पुरुषहरु मुटुसम्वन्धी रोगले बढी प्रभावित हुने भएकोले पनि नियमित यौनसम्पर्क उनीहरुका लागि बढी लाभकर हुने देखिएको छ । यद्धपी महिलाहरुका लागि पनि त्यसले उत्तिकै लाभ पु¥याउछ । त्यसैगरी नुसन्धानकर्ताहरुले नियमीत यौनको सकारात्मक प्रभाव मधुमेहका विरामीहरुमा समेत परेको बताएका छन् । उनीहरुले भनेका छन् ,‘ नियमित यौनसम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण हुन्छ र यसले मधुमेहका रोगीहरुलाई राहत प्रदान गर्छ ।’ तर अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा पाटनरबीचको समझदारीलाई भने मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यदि यौनसम्र्कमा कुनै पाटनरको चाहनाविपरीत हो भने त्यसले सकारात्मक भन्दा नकारात्मक असर पु¥याउन सक्छ ।SEX
अनुसन्धानमा संलग्न डा. रोजेलि भन्छन, ‘नियमित यौनसम्पर्कले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै अर्थात पुरुष महिला यौनप्रति इमानदार रहनुपर्छ । नत्र त्यसले विपरीत असर गर्न पनि सक्छ ।’ उनले विवाह पहिलै सम्बन्ध राख्ने पुरुÈ तथा एकभन्दा बढीसाथीस“ग यौनसंसर्ग गर्ने पुरुलाई भने यौनसम्पर्क लाभकारी नरहने बताएका छन् । ‘किनकी एकभन्दा बढी साथीस“ग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुन्छ । त्यसको कमीले स्वस्थमा लाभ हुदैन । अनुसन्धानले त्यस्ता व्यक्तिका लागि विभिन्न खालका यौनरोगको खतराको सम्भावना पनि बढी बताउछ ।
यौनसम्पर्क पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने व्रिटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ । यसो त नियमित यौनसम्बन्धले शुक्रकिटको गुणस्तरमा समेत सुधार हुनुका साथै प्रजनन क्षमता समेत बृद्धि हुने अस्टेलियाली बैज्ञानिकद्धारा सन २००७ मा गरिएको एक अध्ययनले देखाएको थियो । अध्ययन अनुसार धेरैजसो पुरुषमा हुने शुक्रकिटको डिएनएमा हुने क्षतिलाई नियमित यौन सम्पर्कले हटाउने तथा रक्तचाप नियन्त्रण गर्न र मोटोपना नियन्त्रण गर्न समेत सहयोगी हुने देखिएको थियो ।
उता बेलायतमा करीव ३ हजार व्यक्तिमा गरिएको हालैको एक सर्भेक्षणले हरेक १० मध्ये एक महिला मोटोपनको सिकार हुने गरेको भेटिएको थियो । उनीहरुलाई मोटाउने कारणबारे बुझदा आफ्नो यौनजीवन रुखो हुने गरेको बताएका थिए । मोटामध्ये अधिकांशले बर्षदिन सम्म एक पटक पनि यौनसम्पर्क गर्न नपाएको खुलाशा गरेका थिए ।
लाजका कारणले धेरैजसो महिलाले योनी चिलाउने, पोल्ने, गन्ध आउने जस्ता समस्याको र समाधानको कुरा गर्न चाहँदैनन् । यसरी समस्या लुकाउदा साधारण केश पनि जटिल बन्न सक्छ । लण्डनको क्वीन्सवे गाइनोकोलोजी सेन्टरका स्त्री रोग विशेषज्ञ डा.अहमद इस्मेल धेरैजसो महिलाहरुले लुकाउने गरेको यौन स्वास्थ्य सम्वन्धी यिनै समस्याको समाधान उपाय उल्लेख गरेका छन् । यौनाङ्ग स्वास्थ्य राखेमात्रै समाधान हुने यस्ता समस्या समाधानका लागि डा अहमदले आठ तरिका सिकाएका छन् ।
के के हुन् त यौनाङ्ग स्वास्थ्य राख्ने उपायहरु : सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् । धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ । कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ ।
सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् । यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् । कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ । यदि तपाइँ यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।
यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।
अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन सेक्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले योनीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ । – एजेन्सी
प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार