संजीवनीलाइ आर्थिक सहयोग


 


काठमाडौ/१४
ब्लड क्यान्सर लागेर उपचारको अभावमा रहेकी तेह्रथुम आठराइ गाउँपालिका वडा नं ६ का लिङ्कन कन्दङवाको १३ बर्षकि संजीवनी कन्दङ्वालाइ संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनले रुपैयाँ ४६,४०० आर्थिक सहयोग गरेको छ ।

एयर्पोटस्थित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको कार्यालयमा एक समारोहविच वितरण गरिएको छ । मञ्चका नेताहरु यलम्बर खम्बु,प्रदिप केरुङ थेबा,सुनिल आङ्बो,निमा सेर्पा,मिसेक माबोहाङ,राजेन्द्र मोतेहरुले बिरामीका आफन्त प्रदिप कन्दङ्वालाइ वितरण गरेका थिए वहराइनमा रहेका अशोक इङ्वा,मोहङ आङ्ला,साइला सुब्बा,पुर्ण लक्सम,बादल श्रेष्ठ,सुन्दर नुगो र दिपा कन्दङवा,मनकुमार कङ्लिबा,दुर्गा माबो लगायतको सक्रियतामा उक्त रकम संकल भएको हो ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्