सप्तरीमा मिलोमतोमा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको खुलासा


 


सप्तरी । सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ ।

यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको छ । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक संजाल मार्फत् शेयर गरेको पाइएको छ ।

श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै सैलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार एसईई परीक्षामा प्रत्यक्ष रुपमा संलग्न भएका नीजि विद्यालयका संचालकहरुबीच यो प्रश्न पत्र ह्वाट्स एप र इमोमा आदान प्रदान गर्ने गरेको तथा त्यसमा जिल्ला शिक्षा समन्वय समितिदेखि स्थानीय प्रहरी प्रसाशनको समेत मिलोमतो हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्