आजको मौसमः कतै आंशिक बदली ,कतै सामान्यतया सफा


 


काठमाडौं । अहिले देशका पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका केही स्थानहरुमा मध्यान्ह पछि मेघ गर्जन सहितको क्षणिक वर्षा हुने संभावना रहेको छ ।

त्यस्तै आज राति पहाडी भूभागहरुमा आंशिक बदली रहने तथा बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबारपनि पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहुने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका केही स्थानममा मध्यान्हपछि मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आउँदो शनिबार पनि पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागहरुको मौसम आंशिक बदली रहने जनाइएको छ । शनिबार पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावनापनि रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्