शिकारी कुकुरले चित्तल लखेटेर मारेपछि…..


 


उर्लाबारी / मोरङको लेटाङ ९ जाँतेस्थित जंगलमा कुकुरले लखेटीलखेटी चितललाई मारेको छ । जाँतेको सदाबहार सामुदायिक वन क्षेत्रमा बुधबार विहान ८ः३० बजे कुकुरले टोकेर चित्तलको ज्यान लिएको हो ।

कुकुरले लखेटेपछि गाँउ पसेको चित्तललाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको थियो । प्रारम्भिक उपचार हुँदाहुँदै घाईते चित्तल मरेको सव डिभिजन वन कार्यालय मंगलबारेका सहायक वन अधिकृत तारिणीप्रसाद चौधरीले जानकारी दिए । लगतैै ८० किलो तौलको बयस्क मृत चित्तललाई जनप्रतिनिधि, सञ्चारकर्मी र प्रहरीको रोहबरमा वन कार्यालय मंगलबारे परिसरमा खाल्डो खनी पुरिएको थियो ।

भाले समुहको सो चित्तलको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइने चौधरीले जनाए ।  उतरी मोरङका जंगलमा केहि समययता कुकुरको प्रयोग गरी वन्यजन्तुको चोरीशिकार हुँदै आएको छ । बन्यजन्तुलाई नियन्त्रणमा लिन सहज हुने भएकोले शिकारीले कुकुरको सहारा लिने गरेका छन् ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्