अपांगता भएका बालबालिकाका लागि अब भत्ता


 


काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शारीरिक र मानसिक अपांगता भएका बालबालिकाका लागि देशभरि नै पुनःस्थापना केन्द्र स्थापना र भत्ताको व्यवस्था गर्न लागेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शारीरिक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिवार, समाज र देशले बोझकारुपमा लिन नहुने बताए ।

मन्त्री ज्ञवालीले आफ्नो छोरीमा पनि मानसिक अपांगताको समस्या रहेको भन्दै आफूले पनि त्यो समस्यालाई नजिकबाट भोगेको अनुभव सुनाए ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्