झापामा मकैबारीमा लागेर किशोरीलाई बलात्कार गर्ने पक्राउ


 


झापा । झापाको कमल गाउँपालिका – २ समयगढ बस्ने २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय शम्शेर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित मकैबारीमा तामाङले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट संयुक्त रुपमा खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्