शंशाक कोइरालाले भने : कम्युनिष्टहरु निरंकुशतातर्फ अगाडि बढे


 


दाङ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सिके राउतसँग वार्ता गर्ने तर नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले ठूलो भुल गरेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले हरेक समस्याको समाधान वार्ताबाट गर्नुपर्ने बताए ।

उनले चन्द नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर समस्याको समधान गर्न सरकारलाई पनि अनुरोध गरे । कम्युनिष्टहरु निरंकुशतातर्फ अगाडि बढेको आरोप लगाउँदै कोइरालाले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरंकुशतर्फ उन्मुख हुन लागेको पुष्टि गरेको दाबी गरे ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्