अब राहदानी लामो समय ‘होल्ड’ गर्ने म्यानपावर अब ३ वर्ष जेल सजाय र लाख रुपैयाँ जरिवाना


 


काठमाडौँ  । प्रतिनिधिसभाको बुधबारको बैठकले राहदानीसम्बन्धी कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ ।

नया व्यबस्था लागु भएसंगै अब वैदेशिक रोजगारीमा पठाउने नाममा कामदारको राहदानी लामो समय ‘होल्ड’ गरिरहने तर काम नगर्ने म्यानपावर कम्पनीलाई पाँच लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म जेल सजाय हुने भएको छ ।

हालसम्म ५६ लाख राहदानी जारी भएको जानकारी दिँदै गृहमन्त्री मन्त्री राम बहादुर थापाले राहदानीलाई समयसापेक्ष परिवर्तन गर्न नयाँ विधेयक आएको बताए । राहदानी बनाउन विभागमा निवेदनसहित पेस गरिएको निजी विवरणको कागजपत्रसमेत अब विभागले १२ वर्षसम्म अभिलेख राख्ने भएको छ ।

राहदानी जारी भएको मितिले १२ वर्षपछि मात्रै नष्ट गर्न सकिने विधेयकमा व्यवस्था छ । यस्ता व्यक्तिगत विवरण प्रशोधन गरी कम्प्युटराइज्डसमेत गरिने भएको छ ।

यो विधेयक पारित भएसंगै म्यानपावर व्यबसायीले अब कामदारको अनुमति बिना राहदानी राख्न पाउने छैनन् ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्