विप्लव नेतृत्वको तमुवान संयोजक डेराबाटै पक्राउ


 


काठमाडौं  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता किसानसिंह तमु ‘गुरुङ’ पक्राउ परेका छन् । गुरुङ तमुवान संयोजक समेत हुन् ।

मंगलबार पोखराको लेखनाथस्थित आफ्नै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङको डेरा लेखनाथस्थित शिशुवा भन्ने ठाउँमा हो ।

हाल गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । आजैमात्र विप्लवका आधा दर्जनभन्दा बढि केन्द्रीय स्तरका नेताहरु पक्राउ परेका छन् ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्