मृतक आमाको मुख हेर्न जाँदा भाइले भन्यो ‘पहिले देउवाबाट कांग्रेसको टिका लगाएर आइज’


 


काठमाडौं चैत १२
‘विरामी हुँदा त आमा भेट्न पाइएन तर प्राणविनाको आमाको अन्तिम मुख पनि मैले हेर्न नपाउने ?’ अम्बर तामाङले आफ्नो बेदना पोख्न नपाउँदै भाई कान्छाराम तामाङले जंगिदै जवाफ दिए ‘अहँ… तँ आमालाई भेट्न पाउँदैनस् । आमालाई भेट्ने भए शेरबहादुर देउवाको हातबाट टिका लगाएर आइज । मेरो आमाको मुख तँ कम्यूनिष्टलाई हेर्न दिन्न ।’

काठमाडौं ।‘विरामी हुँदा त आमा भेट्न पाइएन तर प्राणविनाको आमाको अन्तिम मुख पनि मैले हेर्न नपाउने ?’ अम्बर तामाङले आफ्नो बेदना पोख्न नपाउँदै भाई कान्छाराम तामाङले जंगिदै जवाफ दिए ‘अहँ… तँ आमालाई भेट्न पाउँदैनस् । आमालाई भेट्ने भए शेरबहादुर देउवाको हातबाट टिका लगाएर आइज । मेरो आमाको मुख तँ कम्यूनिष्टलाई हेर्न दिन्न ।’

रामेछाप चुचुरेकी जमुना तामाङका साइला छोरा हुन् अम्बर तामाङ । २०३६ सालदेखि अखिलको राजनीतिमा लागेका अम्बर पेशाले निर्माण ब्यवसायी हुन् । तर घरभित्रको राजनीतिक लफडाले उनी तनावमा परेका छन् । उनका पाँच भाई मध्ये चार भाई कांग्रेस समर्थक छन् भने अम्बर नेकपामा सक्रिय छन् । नेकपा भएकै कारण उनले न विरामी हुँदा आमा भेट्न पाए नत मृत्युपछि काजकिरिया नै गर्न पाए । ‘मृतक आमाको मुख हेर्न नदिएपछि मैले प्रहरीलाई खवर गरेँ, प्रहरीको भ्यानमा बसेर आमाको मुख हेर्न कान्छाभाईको घर चावहिल पुगेँ’ अम्वरले एसकाठमाडौंसँग भने ‘प्रहरीलाई देखेपछि आमाको मुख त हेर्न दिए तर सँगै काजकिरिया गर्न दिएनन् म छुट्टै काजकिरिया गर्ने तयारी गरेको छु ।’

रामेछाप चुचुरेमा घर भएपनि आमा जमुना कान्छाछोरा कान्छाराम तामाङसँगै चावहिलमा बस्दै आएकी थिइन । आमा विरामी हुँदा पनि उनले भेट्न खोजेका थिए तर भाईले भेट्न नदिएको गुनासो उनले सुनाए । २ चैतमा आमा जमुनाको मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि बर्षाैदेखि बोलचाल नभएपनि भाईको घरमा उनी पुगेका थिए । तर घरको गेट नै नखोलेपछि प्रहरीलाई खवर गरेको अम्बरले बताए । ‘प्रहरी देखेर गेट खोले, भित्र पसेर मृतक आमाका खुट्टामा ढोकेर फर्किए’ अम्बरले भने ।

कांग्रेसको झण्डा ओडाएर स्वयम्भुमा आमाको अन्तिम दाहासंस्कार गरिएको थियो । ‘तर मेरा दाजुभाईलेसँगै कापाल खौरिन समेत दिइएनन्’ उनले भने ‘कांग्रेसमा प्रवेश गरेपछि मात्र आमाको काजकिरिया गर्न दिने र कान्छाभाईको नाममा रहेको कन्सटक्सनको शेयर दिने सर्त राखे त्यो मैले मानिन ।’

अम्बर २०३६ सालदेखि नै तत्कालिन नेकपा मालेबाट राजनीति शुरु गरेका थिए । २०५४ मा उनी रामेछाप चुचुरेबाट गाविसमा निर्वाचित सदस्य पनि भएका थिए । हाल नेकपा निकट नेपाल निर्माण व्यवसायी संगठनको केन्द्रीय सचिवालय सदस्य छन् ।

उनका भाई कान्छाराम तामाङ कांग्रेसको राजनीतिमा सक्रिय छन् । गत निर्वाचनमा उनी प्रतिनिधि सभामा कांग्रेसका उम्मेद्धार थिए । भाई उम्मेद्धार हुँदा अम्बरले न रुख चिन्हमा भोट हाले न त उनलाई जिताउन कुनै सहयोग नै गरे । अम्बरले नेकपा उम्मेद्धार श्यामकुमार श्रेष्ठलाई जिताए तर भाई कान्छारामलाई हराए । यही तुष आमाको मृत्युसम्म पुग्यो ।

एउटा आमा दाजुभाई राजनीतिक बिचारले फरक हुन सक्छन् तर अम्बरको परिवारमा उनीमाथी निषेध गरिएको छ । ‘कान्छारामले आमाको लाशमाथि पनि राजनीति गरयो, मलाई यही पिडा छ’ उनले भने ।

आमा जमुनाको अन्तिम दाहाससंस्कारका बेला कांग्रेसको झण्डा ओडाउन शेरबहादुर देउवा स्वयम्भू पुगेका थिए । देउवाले कांग्रेसको झण्डा ओडाएर जमुनालाई सम्मान गरेका थिए । तर डम्बर आमाको पुन्यतिथि १६ चैतमा अलग्गै गर्दैछन् । १६ चैतको काजकिरियामा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाउने तयारी गरिरहेका छन् ।एस काठमाडौंको सहयोगमा

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्