कांग्रेस नेता कृष्णप्रसाद सिटौला डिस्चार्ज


 


काठमाडौं, चैत १२

पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्किएका उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिए।
शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए।

उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष ९आइसियु०मा राखेर उपचार गरिएको थियो।  नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्