प्रहरीको फेसबुक पेजमा नग्न तस्बीर पोष्ट भएपछि…


 


गोरखा, १२ चैत – जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक फेजमा अस्लील तस्बीरहरु पोष्ट भएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइनमा समेत अस्लील तस्बीर पोष्ट भएको भेटिएको हो ।

सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्बीर मंगलबार बिहान प्रहरीले बन्द गराएको छ । सोमबार एक्कासी अस्लील तस्बीरसहित सक्रिय भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अपराध अनुसन्धान विभाग(सीआईबी)ले अश्लील तस्बीर पोस्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय बनाएको हो ।

सीआईबीको सहयोगमा सो फेसबुक पेज निस्क्रिय बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्