नन्दमणी बने भाेजपुर कांग्रेसकाे सभापति


 


Nandamaniभाेजपुर, माघ २५

नेपाली कांग्रेस भाेजपुरकाे १३ अाैं जिल्ला अधिवेशनबाट नन्दमणी राई सभापतिमा निर्वाचित भएका छन् । साेमबार भएकाे निर्वाचनकाे मतपरिणाम अनुसार उनका प्रतिद्वन्दी बिरबल राईलाई एक सय २० मत अन्तरले हराउँदै राई सभापतिमा निर्वाचित भएका हुन् । नन्दमणीले ३३१ मत ल्याए भने बिरबलले २११ मत मात्र ल्याएका थिए ।

नन्दमणी संस्थापन पक्षका हुन् भने बिरबल देउवा टिमका हुन् । नन्दमणी राई २०१३ सालमा भाेजपुरकाे अन्नपूर्ण गाविसमा जन्मिएका हुन् । यसअघि पनि उनले २०५१ देखि २०६४ सालसम्म दुई कार्यकाल भाेजपुर कांग्रेसकाे सभापति चलाएका थिए ।

सभापतिसँगै भाेजपुरमा संस्थापन पक्ष हाबी भएकाे छ । निर्वाचनमा अधिकांश जिल्ला कार्य समिति सदस्यहरू संस्थापन पक्षका निर्वाचित भएका छन् भने सचिव र काेषाध्यक्ष संस्थापन पक्षकै सर्वसम्मत चयन भएका छन् ।

निर्वाचित अन्य सदस्यहरूमा क्षेत्र नं १ बाट बिष्णुराज राई र मुकुन्द रायमाझी सस्थापन पक्षबाट विजयी भएका छन् । चक्र कार्की, देवेन्द्र राई, कमल थुलुङ, प्रेम कुमारी मगर र भगवती राई देउवा पक्षबाट जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ मा अजुद् किरात, सिताराम राई, खड्ग कार्की, समिर माेक्तान, रामबहादुर श्रेष्ठ, पुष्पलता कट्वाल र प्रमिला कार्की संस्थापन पक्षबाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २५ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्