टिपरको दादागिरी, एक महिलाको ज्यान गयो


 


पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्