पूर्वमा विप्लवबिरुद्ध आक्रमक बन्दै प्रहरी, भोजपुरबाट ३ कार्यकर्ता पक्राउ


 


भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष रहेका प्रहरीको भनाइ छ । भोजपुर सदरमुकाममा पक्राउ परेकाहरु सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।

महेन्द्र तामाङलाई प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले बताए । प्रहरीले मोरङबाट पनि आईतबार राती पार्टीका कार्यवहाक कोशी ब्यूरो संयोजक ओखलढुंगा घर भएका घनश्याम श्रेष्ठ र काभ्रे घर भएका कोशी ब्यूरो सदस्य आकाश शर्मालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्