तीन बर्षको दाजुले सलाई कोर्दा, एक महिने बहिनीको मृत्यु


 


काठमाडौं । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएको छ ।आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ ।

संगिता सुतिरहेको ठाउँमा सलाई कोर्दा कपडा सल्केर आईतबार साँझ आगलागी भएको थियो । आगोले जलेर घाईते भएकी बालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्