सरकारद्वारा प्रतिबन्धित गेम माेबाइलमा खेलेर २० वर्षीय युवककाे मृत्यु


 


भारत । भारतमा एक युवककाे माेवाइलमा गेम खेल्दा मृत्यु भएकाे छ । माेवाइलमा पब्जी गेम खेलेका २० वर्षीय युवककाे मृत्यु भएकाे हाे । माेवाइलमा खेलिने पब्जी गेममा युवाहरूकाे क्रेज निकैनै बढेकाे छ साथै युवकहरू यस गेमकाे लतमै फसेका छन् ।

भारतका केही सहरमा यो गेमलाई प्रतिबन्धित गरिएको पनि छ र गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको छ । भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको हाे ।

भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित एक अस्पतालमा लगिएकामा उपचारकै क्रममा युवककाे मृत्यु भएकाे हाे ।

निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो ।

भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोप उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्