राष्ट्रपतिकाे अर्थ-राजनीतिक विज्ञमा धनहर्क


 


Dhanhark Raiकाठमाडाैं, माघ २२

राष्ट्रपति विद्यादेवी भण्डारीले अाफ्नाे अर्थ राजनीतिक विज्ञमा पूर्व सांसद धनहर्क राईलाई नियुक्त गरेकी छन् । राई भाेजपुरबाट दुई पटक निर्वाचित सांसद बनेका ब्यक्ति हुन् । राई २००६ सालमा भाेजपुरकाे दक्षिणी क्षेत्र हाेम्ताङ गाविस ८ गुर्तुममा जन्मिएका हुन् । उनी २०४८ र २०५१ सालमा भाेजपुरकाे क्षेत्र नं ३ र २ बाट निर्वाचित भएका थिए ।

राई अर्थशास्त्र विषयमा स्नकाेत्तर हुन्। उनले केही समय प्राध्यापन पेशा समेत अंगालेका थिए । राष्ट्रपति भण्डारीले  बिहिबार राईसँगै अन्य पाँच जनालाई विज्ञका रुपमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको परराष्ट्र विज्ञमा पूर्व परराष्ट्र सचिव एवं राजदूत डा.मदनकुमार भट्टराई, प्रेस विज्ञमा पत्रकार माधव शर्मा, राजनीतिक विज्ञमा सुशिल प्याकुरेल नियुक्त भएका छन् ।

त्यस्तै, राष्ट्रपतिको महिला सशक्तिकरण विज्ञमा डा.मिना आचार्य र कृषि, पर्यटन विज्ञमा जगन्नाथ महासेठ नियुक्त भएका छन्। सबै विज्ञहरूलाई राज्यमन्त्री सरह सेवा सुविधा हुने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: २२ माघ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्