पूर्वमा टिपर आतंक रोक्न आजदेखी टाईमकार्ड लागु


 


विराटनगर, ११ चैत 
झापा, मोरङ र सुनसरीमा आजदेखि टिपरलाई टाईमकार्ड लागु हुने भएको छ । चैत ११ गतेदेखि लागुहु्ने गरी भएको निर्णय अनुसार प्रदेश नम्बर १ का तीन जिल्लामा एक साथ टिप्परलाई टाइम कार्ड लागू गरिने भएको हो ।

मोरङको केही स्थानमा आईतबार नै टाईमकार्ड वितरण गरितापनि आजदेखि मोरङ, सुनसरी र झापामा टाइम कार्ड लागू गरिने प्रहरीले जनाएको छ तिव्र गतिमा गुड्ने टिप्परको गति कम होस् र दुर्घटना न्युनिकरण होस् भन्नका लागि यो अभियान संचालनमा ल्याउन लागिएको हो ।

सवारी दुर्घटना न्यूनिकरण गर्न टिप्परलाई ‘टाइम कार्ड’ लागु गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो । टिप्पर चालकलाई चाहिले पासबुक प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको पौडेलले बताउनुभयो । उहाँका अनुसार झापा, मोरङ र सुनसरीको ट्राफिक प्रहरी कार्यालयमा सबै सामाग्री पु¥याएको छ ।

तीन जिल्लाको लागि १ हजार २ सय वटा पासबुक आकारको टाइम कार्ड बनाएको एसपी पौडेलले जानकारी दिनुभयो । सुनसरी र झापामा भन्दा मोरङमा सबैभन्दा बढी टिपर रहेको अनुमान ट्राफिक प्रहरीको छ । मोरङमा दैनिक २ सय ५० देखि ३ सय वटासम्म टिप्पर चल्ने गरेको मोरङ ट्राफिक प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्