अन्तत जंगलमा लुक्दै लावालस्कर सहित यस्तो अवस्थामा भेटिए विप्लव


 


काठमाडौं पछिल्ला दिनहरुमा राजनीतिक कुरालाई छाडेर अपराधिक क्रियाकलापहरुमा संलग्न भएको भन्दै सरकारले नेत्रबिक्रम चन्द (विप्लव) माओवादीलाई प्रतिबन्ध लगाएको छ । यही कारण विप्लव समुहका नेताहरु एक पछि अर्को गर्दै धमाधम पक्राउ परिरहेका छन् । सरकारले कडा रुपमा अप्रेसन थालेर नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न सुरक्षाकर्मीलाई आदेश दिएको छ ।

केही दिन पहिले मात्रै विप्लवका चर्चित नेता हेमन्त प्रकाश वली (सुर्दशन) लगायतका नेताहरु पक्राउ परेका छन् । अर्को तिर नेत्र विक्रम चन्द विप्लव भने भाग्दै हिडेको खुल्न आएको छ । उनी अहिले नेपाल भित्र भएको तर दुर दराजका गाउँहरुमा लुक्दै हिडेको विशेष स्रोतले जानकारी दिएको छ ।

अर्को तिर सरकारले आत्मसर्मपण गर्न भनिरहेको छ । अर्को तिर विप्लवले भ्रष्ट्राचारीहरुलाई सिद्धाउन आफुहरुको आन्दोलन सुरु हुने बताउदै आएका छन् । यो भन्दा पहिले पनि पार्टीका नेताहरु समयसमयमा पक्राउ परेका छन् ।

विभिन्न ठाउँहरुमा बम विष्फोट गराएपछि आक्रमक बनेको सरकारले कडा कदम चालेको हो । अहिले देशमा फेरि दोस्रो जनयुद्धको अवस्था देखिएको केही जानकारहरुले बताएका छन् ।

उनी दुर दराज जहाँ सुरक्षाकर्मीको पहुँच छैन । त्यहाँ निक्कै ठूलो लावा लस्करसहित हिँड्ने गरेको खुल्न आएको छ । उनीहरुकै समुहबाट एउटा तस्विर र भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा निक्कै बिकट गाँउको जंगलमा ठूलो समुहमा हिँडिरहेको देखिन्थ्यो । साथमा बन्दोबस्तीका सामानहरु बोकेर हिँडिरहेका युवाहरुपनि देखिन्छन् ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्