अन्तत प्रकाण्ड प्रवक्ताबाट निलम्बित भए


 


काठमाडौ , १० चैत्र – नेत्रविक्रम चन्द ‘विप्लव’का विश्वासपात्र मानिने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’निलम्बनमा परेका छन् ।

४९ दिनपछि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डका गतिविधि शंकास्पद रहेको पाइएपछि नेकपाले उनलाई प्रवक्ताबाट निलम्बन गरेको हो । ‘उहाँका विषयमा पार्टी्भित्र धेरै विमतिहरु छन् । प्रकाण्डजीका आर्थिक अपारदर्शिता लगायतका कयौं विषयहरु अस्पष्ट छन् । आफूखुशी पार्टीको लाइनविपरीत बोल्दै हिँड्न थालेपछि निलम्बन गरेका हौं,’ एक नेताले भने ।

पछिल्लो समय विप्लव, हेमन्तप्रकाश वली लगायतका नेताले विभिन्न घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति निकाल्दै आएका थिए । प्रकाण्डलाई पार्टी स्थायी समिति बैठकले कुनै विज्ञप्ति जारी नगर्न, पार्टीको धारणा सञ्चारमाध्यममा सार्वजनिक नगर्न निर्देशन दिएको स्रोतले बतायो ।

विप्लव समूहका दोस्रो नेताका रुपमा चिनिँदै आएका प्रकाण्ड र विप्लवपछि पछिल्लो समय अन्तरसंघर्ष चर्किंदै गएको छ । प्रकाण्डले पार्टीका आन्तरिक सूचना चुहाएको आरोप पनि लाग्दै आएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्