ढुङ्गाले लागेर बालिकाको मृत्यु


 


नरेन इलामेली १० चैत्र इलाम – इलाममा माथिबाट खसेको ढुङ्गाले लागेर वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ८ स्थित गरीमाटोल बस्ने देवी न्यौपानेको १३ बर्षिया छोरी एलिसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सोत्तर बटुल्न जङ्गल गएकी वालिकालाई आइतबार दिउँसो करिब ३ बजेतिर बाटो खन्ने क्रममा जेसीवीले पल्टाएको ढुङ्गाले लागेको थियो । ढुङ्गाले लागेर वालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए । घटना पश्चात जेसीवी चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्