आधारभुत पत्रकारीता तालिम दमकमा शुरु
दमक,चैत्र १०
झापाको दमकमा आजबाट आधारभुत पत्रकारीता तालिम शुरु भएको छ । पत्रकार मञ्च दमकको आयोजनामा ७ दिने तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमकाबिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्नुभयो । पत्रकारीताको क्षेत्रमा रुचि भएका युवायुवतीलाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको मञ्चका अध्यक्ष मनकुमार गदालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले तालिमलाई उचित अवसरको रुपमा लिन आग्रह गर्दै राम्रो भबिष्यको बिकास गर्न सुझाव दिनुभयो । उहाले पत्रकारीताका क्षेत्रमा अनेक बिकृतीहरु रहेको भन्दै सकारात्मक सिपहरु सिकि अघि बढ्न सुझाव दिनुभयो ।
तालिममा झन्डै २० जानले सहभागिता जनाएका छन् । कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष मन कुमार गदालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका सचिव देशराज नेबाङ्गले गर्नुभएको थियो ।
प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार