हेर्नुहोस,शौचालयलाई यसरी पानी गोदाम बनाईएको छ,स्वास्थ्यमाथि खेलवाड


 


काठमाण्डौँ । मुलुकभरका खानेपानी तथा सरसफाइ प्रणालीहरुको योजना तर्जुमा, निर्माण, संचालन तथा मर्मत सम्भार लगायतको जिम्मेवारी बोकेको खानेपानी तथा सरसफाई मन्त्रालय रहेको स्थान सिंहदरबारबाट एक किलोमिटरको दुरीमा रहेको पुतलीसडकको एउटा जारको पानी पाइने पसलले शौचालयलाई पानी गोदाम बनाएर स्वास्थ माथि गम्भीर खेलवाड गरेको छ।

मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग क्षेत्रगत नेतृत्वदायि कार्यान्वयन निकाय हो भने मन्त्रालय क्षेत्रगत नेतृत्वदायि कार्यकारी निकाय हो । मन्त्रालय अन्तर्गत विभागका अलावा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइ प्रणालीहरुको निर्माण एवम सेवा प्रवाहका लागि बोर्डहरु, खानेपानी संस्थान, समितिहरु, आयोजना निर्देशनालय र महशुल निर्धारण तथा नियमनका लागि एक आयोग रहेको छ भनेर मन्त्रालयको आधिकारिक पोर्टलमा उल्लेख छ।

तर बत्तिमुनीको अध्यारो भने झैँ नियमन र अनुगमन नहुदा शौचालयमा पानीको गोदाम बनाएर निर्बाध ब्यापार भईरहेको छ। पुतलीसडकमा रहेको पैरवी प्रकाशन नजिकको शौचालयमा पानीको जार भण्डारण गरिएको अबस्थामा पाईएको हो।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्