सगरमाथाकाे अाधार शिविरमा रक्तदान हुँदै, विश्व रेकर्ड राख्ने तयारी


 


IMG_2338सुदीप अधिकारी

काठमाडाैं, माघ १९

नेपाली युवाको एक समुह सगरमाथाको आधार शिबिरमा रक्तदान गरी नयाँँ विश्व रेकर्ड रच्ने अभियानमा लागेको छ। काठमाडौमा साेमबार पत्रकार सम्मेलन गरेर याे अभियानको आयोजक भोजपुरे सेवा समाजले जानकारी गराएकाे हो। दीपक राईको नेतृत्वमा चार जनाको समुहले सगरमाथाको छ हजार मीटर माथि रक्तदान गर्नेछ भने बाँकी ३० जनाले आधार शिबिरमा रक्तदान गरी नेपाल र विश्वलाइ नै रक्तदानको महत्व र आवश्यकता झल्काउन प्रयास गर्नेछन।

यस कार्यक्रमका प्रमुख अभियन्ता दिपक राईले भने नेपाल धेरै कम रक्तदान गरिने दाताहरु भएको देशमा पर्ने भएकोले पनि जन चेतना जगाउन यस्तो नबिन सोच बनाईए को हो। प्रमुख अतिथिको आसनबाट सूचना तथा संचार प्रबिधी मंत्री शेरधन राईले राम्रो अभियान रोजेकोमा अभियन्ताहरुलाई धन्यवाद दिए भने पर्यटन मन्त्रालय मार्फत नेपाल सरकारको सहयोग प्राप्त गरे अभियानलाई अरु हौसला मिल्ने सुझाब दिए।

पत्रकार सम्मेलनमा पूर्व अर्थमंत्री शंकर कोइराला, पर्यटन बिभागका महानिर्देशक गोबिन्द कार्की लगायतले आ-आफ्ना सुझाब पेश गरेका थिए। नेपाल रेडक्रस साेसाइटी काठमाडाैं शाखाका सभापति माथुराम श्रेष्ठले दिपक राइले गरेकाे कामकाे बारेमा बाेलेका थिए । अभियान आगामी जुन २८ मा सगरमाथामा रक्तदान कार्यक्रमको आयोजना गर्दै छ।

प्रकाशित मिति: १९ माघ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्