कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आईसीयुमा
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । सिटौला अस्वस्थ भएर आज बिहान हेम्स अस्पताल भर्ना भएका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका सिटौलाको आईसीयुमा राखेर उपचार हुँदैछ ।
सिटौला निकट एक नेताका अनुसार सिटौलामा हेमोग्लोबिनको कमी देखिएको छ भने अन्य स्वस्थ्य परीक्षण भैरहेको छ ।
प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार