छोरी दुब्लाउँदै गएपछि आमाले लगिन् अस्पताल, रिपोर्ट देख्दा आमा बेहोस


 


बठिंडा पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो ।

एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो ।उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् ।

किशोरीका अनुसार गाउँकै केही युवकले लागूपदार्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकि यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्