चिनले दियो पाकिस्तानलाई २.१ अरब डलर


 


पाकिस्तानलाई सदावहार छिमेकी चिनले सोमबारसम्ममा २ अरब डलको कर्जा दिने भएको छ । पाकिस्तानको वित्त मन्त्रालयले यसको घोषणा गरेको हो ।

पाकिस्तानको अखबार ‘डाँन’ को अनुसार, मन्त्रालयको सल्लाहाकार एवं प्रवक्ता खक्कान नजीब खानले भने कि चीनबाट पाउने २.१ अरब डलरको कर्जाको लागी सबै औपचारिकता पुरा गरीसकीएको छ । उनले भनेका छन् कि रकम २५ मार्चसम्म स्टेट बैक अफ पाकिस्तानको खातामा जम्मा हुनेछ ।

प्रवक्ताले भने कि यो कर्जबाट विदेशी मुद्रा भण्डार मजबुत हुनेछ र भुगतानको स्थायित्वको सन्तुलन सुनिश्चित हुनेछ । यो भन्दा पहिला पाकिस्तानले साउदी अरब र युएईबाट पनि सहयोगको नाममा एक–एक अरब डलर पाईसकेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्