टिगरिस नदीमा डुंगा डुब्दा एक सय जनाको मृत्यु


 


इराक : इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डुंगा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ । नदीमा डुंगा डुब्दा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । ५५ जनाको भने सकुशल उद्दार गरिएको छ ।

नजिकैको टापुमा घुम्नका लागि जाने क्रममा दुई सय जना सवार डुंगा डुबेको हो । मोसुल बाँधको ढोका खोलिएका कारणटिगरिस नदिमा पानीको वहाब बढेर डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । प्रशासनले नदीमा पानीको बहाव बढेकाले त्यसतर्फ नजान चेतावनी दिएकै समयमा दुर्घटना भएको हो ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्