इयुबाट बेलायत बाहिरिने प्रक्रियाको म्याद २ महिना थप


 


एजेन्सी युरोपेली संघ ‘ईयू’बाट बेलायतको बर्हिगमनको समय सीमा दुई महिना थप भएको छ । बेल्जियमको ब्रसेल्समा भएको ईयूका नेताहरूको बैठकले ब्रेक्जिटका लागि समय थप्ने सहमति गरेको हो । आगामी शुक्रबार ईयूबाट बेलायत छुट्टिनुपर्ने बाध्यात्मक परिस्थितिमा लचिलो बन्दै ईयूले म्याद थप गरेको हो ।

बेलायतले इयुसँगको सहमतिलाई अर्को हप्ता अनुमोदन गरेमा ब्रेक्जिटका लागि मे २२ सम्मको समयसीमा पाउनेछ । सहमति अनुमोदन नभएको अवस्थामा अप्रिल १२ सम्मको समयसीमा ईयूले दिएको छ ।

तीन वर्षअघि बेलायतले जनमत संग्रहमार्फत ईयूबाट अलग हुने निर्णय गरेको थियो । तर इयुसँग सम्झौत सहित अलग हुने या सम्झौता विना नै अलग हुने भन्नेमा सहमति जुटन नसक्दा बेलायतमा गतिरोध बढेको छ ।

यसअघि प्रधानमन्त्री टेरिजा मेद्वारा प्रस्तावित इयुसँगको मस्यौदा सम्झौतालाई बेलायती सांसदले दुईपटक अस्वीकृत गरिसकेका छन् । प्रधानमन्त्री मेले ब्रेक्जिट सम्बन्धमा आफूले तयार गरेको मस्यौदामा सांसदहरुको समर्थन जुटाउन अर्को साता पुनः तेस्रो पटक मतदान गर्ने तयारी थालेकी छिन ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्